enu 2th


     

ल्यापटपको ब्याट्री टिकाउने तरिका

एजेन्सी । ल्यापटपमा ब्याट्री धेरै टिकाउनका लागी धेरैले एप्स हुन्छ भनेर भ्रम श्रृजना गर्दछन् , तर अहिलेसम्म कुनै यस्तो एप्स निर्माण भएको छैन जसले ल्यापटपको ब्याट्री टिकाउन मदत गर्ने तर हामी आफैले सजकता अपनाएको खण्डमा ब्याट्री टिकाउन सकिने बिज्ञहरुले बताउछन् ।
battry
टोक्नोलोजीका बिज्ञहरुका अनुसार ल्यापटपमा ब्याकप बढाउनका लागी निम्न कुरामा ध्यान दिन सुझाब दिएका छन् ।
डिस्प्लेको लाइट डिम गरेर चलाउने
धेरै मानिसहरुले ल्यापटपमा लाइट फुल गरेर चलाउने गरेको पाइन्छ । जसको कारण ब्याकप त सकिन्छ नै आँखामा समेत समस्या आउने बिज्ञहरु बताउछन् । उनीहरुले ल्यापटपको डिस्प्ले सेटिङगमा गएर ब्राइटनेस र कन्ट्रास्ट कम गरेर चलाउन सुझाब दिएका छन् । जसका कारण ल्यापटप धेरै समय टिक्ने छ ।
delply
स्क्रीन सेभर अफ गर्ने
ल्यापटपको ब्याट्री चाडै सकिने कारण मध्ये स्क्रीन सेभर अफ नहुनु हो । स्क्रीन सेभर अफ नगर्दा ल्यापटप बन्द गर्दा पनि स्क्रीन सेभर अन हुन्छ । जसकारण ब्याट्री चाडै सकिने विज्ञहरु बताउछन् ।

एक्सटर्नल ड्राइभ नजोड्नुहोस
प्राय प्रयोगकर्ताहरु युएसबि डिभाइस जस्तै पेन ड्राइभ, एक्सटर्नल हार्ड डिक्स लगातार जोडने गर्दछन् । यी डिभाइसहरुले ब्याट्रीको पावर लगातार कम गर्दछन् । जसकारण ल्यापटपको ब्याट्रि सकिने हुन्छ । यि डिभाइसहरु नजोड्न सुझाब दिएका छन् ।
drive

डिभिडि र सीडि ड्राइभ प्रयोग नगर्नुहोस
यदि ल्यापटप डिभिडिरसीडि वाट सिधै फिल्म, भीडियो हेर्न गर्नुहुन्छ भने त्यस्तो कार्य नगर्नुेहोस त्यसका लागी डिभिडिरसीडिमा भएको डाटा कपी गरेर सेभ गरि हर्दा ब्यट्रि धेरै टिक्ने हुन्छ ।
sai drivew
पावर सेटिङग अफ गर्ने
ल्यापटपमा पावर सेटिङगमा गएर मनिटर टर्न अफ भन्ने अप्शनको टाइम कम गर्ने । जबकाम गर्न छोडिन्छ तब स्क्रिन आफै चाडै बन्द हुनेछ । जसबाट ल्यापटपको ब्याट्रि बचाउन सकिने छ ।

चाहिने भन्दा प्रोग्राम बन्द गर्ने
ल्यापटपमा एकै साथ कयौ प्रोग्राम खोलिएको खण्डमा ल्यापटपमा चार्ज धेरै बेर नटिक्ने हुन्छ । तर आफलाई चाहिएको प्रोग्राम र एपसमात्र प्रयोग गरे चार्ज टिकाउन सकिन्छ ।

Source - Nepal Sandesh
ADD THE FACEBOOK WIDGET CODE HERE