enu 2th


     

​थाहा पाउनै पर्ने केराको बाह्र गुण

वर्षाको समयमा केरा खानाले शरीरलाई एकदमै फाइदा हुने मानिन्छ । केरा खानाले भिटामीन ए, भिटामीन बि र हाम्रो शरीरलाई आवश्यक पर्ने म्याग्नेसियम प्राप्त हुनुका साथै शरीरलाई आवश्यक शक्ति प्राप्त गर्न सकिन्छ । यतिमात्र नभएर केरामा भिटामिन सि, पोटासियम, थायमिन राईबोप्mलेविन पनि पाउन सकिन्छ ।  केरामा ६४.३ प्रतिशत पानी, १.३ प्रतिशत प्रोटिन, २४.७ प्रतिशत कार्वोहाईड्रेट पनि पाउन सकिन्छ । जसले गर्दा विशेष गरी बच्चाकोलागि फाइदाजनक मानिन्छ । यसबाहेक पनि केराबाट पाउन सकिने फाइदाजनक कुराहरू हेर्नुहोस् जसले तपाईंको स्वास्थ्यलाई राम्रो र शरीरलाई तन्दुरुस्त राख्छ । 





१.कब्जियत एवम् एसिडिटी 
केराले पेटमा हुने जलन, ग्यास, एसिडिटी बाट राहत दिलाउँछ । खानपानको कारण हुने कब्जियतबाट पनि बचाउँछ । यसकालागि केरालाई चिनीको साथ मिलाएर खानाले अधिक फाइदा हुन्छ । 

२.कफ र उल्टी 
केराको नियमित सेवनले शरिर तन्दुरुस्त हुनुको साथै कफ पित्त उल्टीको समस्याबाट राहत मिल्छ ।

३.महिनावारी 
महिनावारी हुँदा बढी ब्लिडिङ हुने समस्याभएकाहरुले केरालाई पकाएर खानाले राहत मिल्छ । 

४.पोलेको ठाउँ 
खाना पकाउँदा होस् या अन्य कामको सिलसिलामा तपाईलाई पोल्यो भने त्यो ठाउँमा केरा लगाउनाले  पोलेको ठाउँमा राहत मिल्छ । 

५.पेटसम्बन्धी बिरामी 
पेटसम्बन्धी साधारण समस्याहरुको लागि दही केरा एकसाथ खानाले छिट्टै राहत मिल्छ । 

६.पाचनक्रिया 
केरामा पाइने म्याग्नेसियम  भन्ने तŒवको कारण पाचनक्रियामा सहायता गर्छ र शरीर तन्दुरुस्त रहन्छ । 
७.कोलेस्ट्रोल 
केरामा पोटासियमको मात्रा अधिक र सोडियमको मात्रा एकदम कम हुन्छ जसले गर्दा ब्लड सर्कुलेशन र कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । 
८.हड्डी बलियो बनाउन सहयोग 
केरामा एक किसिमको प्रोबायोटिक वैक्टरिया पाइन्छ । जुन खानाले क्याल्सियमको मात्रा बढ्छ । शरीरमा भएका हड्डी लाई स्वस्थ्य र बलियो बनाउनलाई क्याल्सियमको आवश्यक पर्छ । उमेर बढ्दै जाँदा शरीरले क्याल्सियम भन्ने तŒव उत्पादन गर्न सक्दैन तसर्थ केराको सेबन हड्डी सँग जोडिएका समस्याहरूबाट पनि बचाउँछ । 

९.शारीरिक कमजोरी 
शरीर स्वस्थ्य राख्नको लागि खानेकुराहरूमा ध्यान पु¥याउनु पर्छ । पेटभर्नुमात्र ठूलो कुरा होइन । खानेकुरा जति राम्रा भएपनि खाने तरिका नजान्नाले शरीरलाई हानी पु¥याई राखेको हुन्छ । त्यसैले कमजोर शारीरिक स्थितिको सुधारका लागि पनि केराको सेवनले मद्दत पु¥याउँछ । किनकी यसमा पाइने क्यारोटिनाड एन्टी अक्सीडेण्ट भन्ने तŒवले शरीरभित्रको हरेक सिष्टमलाई बलियो बनाउँदछ । 

१०.रगतको कमी 
दैनिक केरा खानाले शरीरमा रगतको कमी हुँदैन किनकी केरामा आईरनको मात्रा प्रशस्त हुन्छ । जसले रगतमा हेमोग्लोविनको मात्रा बढाउँछ र एनिमियाको समस्याबाट बचाउँछ । 

११.श्वासप्रश्वासको विरामी 
श्वासप्रश्वास सम्बन्धी समस्याहरू देखिएमा केरालाई तातो बनाएर खानाले राहत मिल्छ । 

१२. अल्सर हुन बाट बचाउँछ 
केराको सेवनले मुख र पेटमा हुने अल्सर बाट समेत बचाउँछ ।

Source - Radio Audio
ADD THE FACEBOOK WIDGET CODE HERE