enu 2th


     

कपाल फुल्न र झर्न नदिने उपायहरु

कपाल फुल्न र झर्न नदिने उपायहरु
आजको समयमा खानपानको अनियमितताको कारण कपाल झर्ने र सानै उमेरमा पनि कपाल फुल्ने गरेको पाइएको छ । यदी कपाल लगातार झर्न लाग्यो र समय भन्दा अगावै कपाल सेतो भयो भने यो चिन्ताको विषय हो र त्यसैले तपाई पनि यो समस्याले हैरान हुनु भएको छ भने  केही यस्ता उपायहरु छन् जसले तपाईका समस्या समाधान हुनेछ । जस्तै 

१. तिलको तेलले मालिस गर्नाले
यदि तपाईं नियमित रुपले तिलको तेलले कपाललाई मालिस गर्नुहुन्छ भने कपाल झर्न बन्द हुन्छ ।  साथै कपालसेतो हुन बाट पनि रोकिन्छ ।  यसलाई राति सुत्नु भन्दा पहिले लगाउनु पर्छ ।   दिन दिनै राम्रो तेल लगाउनाले पनि कपाल झर्दैन र फाइदा पनि हुन्छ । टाउकोको मसाज गर्नाले ब्लड सर्कुलेशन व्यवस्थित हुन्छ र कपाल बलियो हुन्छ ।

२. प्याजको रस
प्याजको रस निकालेर हल्का तताउनु होस् र चिसो हुने बित्तीकै कपालको फेदमा पर्ने गरी लगाउनुहोस् । यस भन्दापहिले तातो पानीमा भिजेको रुमालले केही बेर ढाकेर राख्नुहोस् । यसपछि प्याजको रस लगाउनुहोस् । केही बेर पछि राम्रो सेम्फुले नुहाउनुहोस् । यो प्रक्रिया नियमित रुपले गर्नुपर्छ । प्याजको रस हल्का तताउनाले गन्ध रहित हुन्छ ।  

३ टमाटरको रस
यदी तपाई दिनहुँ नुहाउनु पहिले टमाटरको पेष्ट बनाएर कपालको जरामा लगाउनुहुन्छ भने तपाईलाई कपाल सम्बन्धी धेरै समस्या हट्छ ।  यसको रसले कपाललाई बलियो बनाउँछ साथै झर्न बन्द गर्छ ।  कपालमा टमाटरको रस लगाएपछि केही बेर रहन दिने र  फेरी कपाललाई सेम्फुले सफासँग  धुने ।

४ अमलाको रस
अमलाको चूर्णलाई दहीमा मिलाएर पेष्ट बनाउने यसपछि यो पेष्टलाई कपालको जरा जरामा लगाउने केहीसमय रहन दिने र फेरी कपाल नुहाउने । नियमित यसो गर्नाले कपालको समस्या हट्दै जान्छ ।
  
कपाल फूल्नबाट रोक्नको लागि यी कुराहरूमा ध्यान दिनुहोस्
खासगरी मानिस कपाल फूलेको देख्ने वित्तिकै आत्तिन्छन् । त्यसलाई उखेलिदिन्छन् । तर यसो गर्न हुँदैन ।  फूलेको कपाल उखेल्दै जानु भयो भने झन अरु कपाल पनि फूल्दै जानथाल्छ । त्यसैले फूलेको कपाललाई उखेल्नुको सट्टा कैचीले काटी दिनु राम्रो हुन्छ ।

पाचनक्रियालाई व्यवस्थित गर्नुहोस्
पेटसँग जोडिएको समस्याको कारण पनि कपाल पूmल्ने हुन सक्छ त्यसैले तपाईं पाचनक्रियालाई विशेष ध्यान दिनुहोस् यस सम्बन्धी समस्याहरू छन् भने तुरुन्तै उपचार गर्नुहोस् खानेकुरामा विशेष ध्यान पु¥याउनुहोस् । पेट सम्बन्धी रोग कब्जियत या त अपच समस्या छ भने त्रिफलाचूर्णको नियमित सेवन गर्नुहोस्  । जसले पेट सम्बन्धी समस्या हट्छ । त्यसो गर्नाले कपाल झर्ने समस्या र फूल्ने समस्या हट्ने छ । 

स्रोत – radio audio
ADD THE FACEBOOK WIDGET CODE HERE