enu 2th


     

सफलताका लागि यी तिन चिज

अभिलासा , शक्ती र बुद्धि; सफलताका श्रेय कसरी मिल्यो यस विषयमा एक दिन विवाद उठ्यो  । विवादमा तीन जना सहभागी थिए । उनीहरुको नाम थियो अभिलाषा, शक्ति र मेधावी । नामअनुसार नै तीन सहभागी इच्छा शक्ति र बुद्धिले सम्पन्न थिए । यी तीनले आफैले आफैलाई महत्वपूर्ण सम्झन्थे । अन्तमा यो कुराको निर्णय भयो की कसरी यस विवादलाई फैसला गर्ने त ।  

विवेक नाम गरेकाले तीनैजनालाई साथ लिएर हिँडे । साथमा उसले फलामको बाङ्गो किला र हथौडा लिए । जाँदा जाँदा उनले एउटा राम्रो बच्चा देखे । विवेकले बालकलाई सोधे बाबु तिमिले यो बाङ्गो काँटीलाई सीधा गरीदेउ तिमीलाई म पेटभरी मिठाई खुवाउँछु ।  

बालकको मनमा उत्साह जाग्यो र उसले निकै आशा र उत्साहका साथ बाङ्गो काँटीलाई सिधागर्न लाग्यो । तर किलालाई सिधा गर्न त परै जावस हथौडालाई उठाउनै सकेन । किनकी उसमा त्यति गह«ौं सामान उठाउने शक्ति नै थिएन । कोशिश त खुबै ग¥यो तर सफल भएन र खिन्न भएर त्यहाँबाट गयो । 

चारै जना फेरि अघि बढे । थोरै अगाडि गएपछि उनीहरुलाई एक मजदुरसँग भेट भयो । उ सुति रहेको थियो । विवेकले उसलाई झकझकाई कन उठायो र भन्यो यदी यस काँटीलाई तिमिले सिधा बनाई दियौं भने तिमिले मागेको इनाम दिन्छु । उसले निदले झुम्म भएको आँखाले केही प्रयास ग¥यो तर निद्राको कारण सकेन  र हथौडालाई त्यही राखेर सुतिदियो ।  

निष्कर्ष यो निस्क्यो कि केबल शक्ति नै काफी होइन । सामथ्र्य हुँदा हुँदैपनि इच्छा नहुँदा श्रमिकले जब किलालाई सिधा गर्न सकेन भने अरु के नै गर्न सक्थ्यो र ? विवेकले भन्यो जुन कुरा म जान्न चाहन्थें त्यो थाहा भयो । अभिलाषा, शक्ति र बुद्धिका सम्मिलित रूपले नै सफलता प्राप्त गर्न सक्छ । यी तीनमा एक मात्रले  सफलता हासिल गर्न सकिँदैन ।

Source - Radio Audio
ADD THE FACEBOOK WIDGET CODE HERE