enu 2th


     

कविता लेखन

कविता सिद्धान्त

~गोपाल सिवा ~
त्रि वि मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत नेपाली स्नातक तह तेस्रो वर्षको प्रयोगात्मक प्रयोजनका लागि प्रस्तुत सिर्जनात्मक पत्र प्रस्तुतकर्ता गोपाल परियार
खण्ड क : कविता सिद्धान्त
() कविताको परिचय
    कविता साहित्यको एक सशक्त विधा हो । ‘कवि’ आधारपदमा ‘ता’ प्रत्यय लागेर कविता शब्दको निर्माण भएको हो । कविता शब्दले कवि द्धारा रचित वा कविको कर्म भन्ने अर्थ वहन गर्दछ । लोकजीवन सँग सम्बन्धित लोकगीत कविताको पूर्वरुप भएको कुरामा विश्लेषकहरु सहमत देखिन्छन् । पूर्वीय साहित्य जगत्मा ऋग्वेद, महाभारत र रामायण तथापश्चिममा इलियड र ओडेसी कविताका वृहत् आकारका कृतिहरु हुन् । प्राचीनकालमा साहित्य भन्ने बितिकै   काव्यलाई जनाएतापनि आधुनिक साहित्यमा काव्यले गधयात्मक वा पधयात्मक कृतिलाई जनाउँछ ।
    मानव समाज र सभ्यताको आरम्भसँगै कविता विधाको जन्म र विकास हुदै  आएको हो । आजको समयमा कविताविधालाई हेर्ने b[i6L कोणमा  धेरै विकास भइसकेको पाइन्छ । पूर्वमा आचार्य भामहदेखि जगन्नाथ र पश्चिममा अरिस्टोटलदेखि आइ.ए. रिचर्डस सम्मका विद्धान हरुले विभिन्न तरिकाले कवितालाई परिभाषित गर्ने जमर्को गरेका छन् ।परिभाषाहरुमा  अनेक मत भएपनि कवितामा कला र भाव मुख्य दुई पक्ष रहने कुरालाई सबैले स्वीकारेका छन् । कला कविताको बाह्य संरचनासँग सम्बन्धित छ भने भाव आन्तरिक पक्षसँग । यी दुई पक्षको संयोजनबाट नै एउटा कविता तयार हुन्छ ।
कविताको परिभाषा
    कविताको परिभाषा गर्ने क्रममा पूर्वीय तथा पाश्चात्य विद्धानहरुले विभिन्न धारणाहरु व्यक्त गरेका छन् । तीमध्ये केही परिभाषाहरु निम्नअनुसार छन्
१. शब्द र अर्थले संयुक्त रुप काव्य हो ।             – भामह
२. सुन्दर अर्थयुक्त पदावली नै काव्य हो ।             – दण्डी
३. रसात्मक वाक्य नै काव्य हो ।                 – विश्वनाथ
४. चमत्कारयुक्त अर्थरुप नै ध्वनि नै काव्य हो ।         – आनन्दवर्धन
५. काव्यगुणले भरिपूर्ण भएको शब्दार्थ नै काव्य हो ।         –मम्मट
६. बाङ्गो र घुमाउरो ढङ्गबाट व्यक्त भएको उक्ति नै काव्य हो ।     – कुन्तक
७. कवितको आत्मा रीति वा शैली हो ।             – वामन
८. रमणीय अर्थ प्रदान गर्ने शब्द नै काव्य हो ।        – जगन्नाथ
९. अनुभूतिको स्वस्फूर्त अभिव्यक्ति नै कविता हो ।         – वर्डस्वर्थ
१०. कल्पना र संवेग द्धारा गरिने जीवनको व्याख्या नै काव्य हो ।   – हड्सन
११. गण मिलाइएको संरचना नै कविता हो ।         – जोन्सन
१२. कविता भनेको जीवनको समालोचना हो ।        – मैथ्यु अर्नाल्ड 
१३. भावनाको बौद्धिक कोमलता कविता हो ।         – बालकृष्ण सम
१४. मीठो कविताको बोली चराको बोलीझैं लाग्दछ । कविता निष्प्रयत्न कविताको लयद्धार  मिठास र मोहनीले हृदयलाई इन्द्रेणीले पक्रेर लगेझैं लाग्दछ ।
                        – लक्ष्मीप्रसाद देवकोटा
१५. शब्द र संगीत, अर्थ र अभिप्रायमा तदाकार भएर जो अनौठो अनुभूति हुन्छ, त्यही नै कविता हो ।   – माधवप्रसाद घिमिरे
   कवितासम्बन्धी चर्चा–परिचर्चालाई हेर्दा पूर्वीय र पाश्चात्य दुवैतिरका विद्धानहरुले कविताको दुई पक्ष कला र भावलाई जोड दिएका छन् । फरक फरक तरिकाले कवितालाई चिनाउने काम भएपनि सबैको परिभाषालाई समेट्दा कवितालाई यसरी परिभाषित गर्न सकिन्छ – भाषाका माध्यम द्धारा  प्रस्तुत गरिने कविको स्वानुभुतिको कोमल, कलात्मक र रसात्मक अभिव्यक्ति नै कविता हो ।
(२) कविताका तत्वहरु
कविता निर्माण हुने अवयवहरुलाई नै कविताका तत्वहरु भनिन्छ । कविताको संरचना पूर्ण हुनको लागि निम्न तत्वहरु आवश्यक पर्दछ :-
१.भाव विचार :- भाव विचार कविताको मूल वस्तु हो । भाव विचार विना कविता बन्न नै नसक्ने हुँदा यो कविताको मुख्य तत्व नै हो । भाव भन्नाले कविताको शब्दशब्दमा  अन्तरनिहित शक्ति भन्ने बुझिन्छ । यो कविताको मेरुदण्ड वा केन्द्रीय तत्व हो ।  भाव कविताको विषयवस्तुमा आधारित रहन्छ । भावले शब्द–शब्द र समग्र रचनाको अर्थ प्रकट गर्दछ । सर्जकले मनमा उठेका तरङ्ग, विचार, भावलाई कलात्मक ढङ्गमा प्रस्तुत गर्ने क्रममा नै कविता प्रष्फुटित हुन्छ । कविताकापाठकहरुको लागि भाव नै मूल वस्तु भएकोले कवितामा भाव विचार अनिवार्य तत्व हो ।
२.शीर्षक :- शीर्षकले कुनै पनि समग्र रचनाको प्रतिनिधित्व गरेको हुन्छ । यो संक्षिप्त र प्रतीकात्मक हुन्छ । कृतिमा वर्णन भएको विषय र शीर्षकको सङ्गति मिल्नुपर्छ । शीर्षकले कविता कस्तो छ भन्ने जानकारी गराउँछ ।
३.लयत्मकता :- लय कविताको महत्वपूर्ण तत्व हो । लय भनेको कविता उच्चारणका क्रममा उत्पन्न हुने सांगीतिक स्वर हो । कवितामा प्रयोग हुने छन्द, अनुप्रास आदि लय निर्माणका घटकहरु हुन् । पध कवितामा पाउ, श्लोक र छन्दले लय सिर्जना गराउँदछन् भने गध कवितामा वर्ण र शब्दको पुनरावृति  तथा अन्तर अनुप्रासका माध्यमले लय सिर्जना हुन्छ । कविताको आस्वादमा प्रभावकारिता र रोचकता थप्नु नै लयको मुख्य कार्य हो । कवितालाई अन्य विधाभन्दा भिन्न देखाउने प्रमुख तत्व नै लय भएकाले लय कविताको महत्वपूर्ण तत्व हो ।
४. भाषाशैली :- भाषा विचार आदान प्रदानको सशक्त माध्यम हो भने शैली अभिव्यक्तिको एक प्रकार । भाव अभिव्यक्तिको क्रममा भाषाशैलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । भाषाशैलीले कवितालाई लयात्मक बनाउँछ । कवितामा सोझो भनाइ भन्दा वक्र अभिव्यक्तिलाई प्राथमिकता दिइन्छ । गध र पध दुवै शैलीमा कवितात्मक भाषा हुन जरुरी छ । जसमा बिम्ब, अलङ्कार तथा प्रतीक आदि व्यक्त हुन्छ । भाषाशैलीले कवितालाई प्रभावकारी बनाउँछ । शैली व्यक्ति पिच्छे फरक फरक हुन्छन् । सरल, आलङ्कारिक, नाटकीय, वर्णनात्मक आदि शैली कवितामा प्रयुक्त हुन्छन् ।
५. दृष्टिविन्दु :- दृष्टिविन्दु कविताको अभिव्यक्तिको प्रक्रिया हो । कविले कविता पाठकसम्म पु-याउन कुन रुपमा गरेको छ, कसको वर्णन गरेको छ भन्ने आधारमा दृष्टिविन्दु निर्धारित हुन्छ । प्रथम पुरुष दृष्टिविन्दु उपयोग गरिएको कवितामा म, हामी तथा तृतीय पुरुष दृष्टिविन्दु प्रयुक्त कवितामा ऊ, त्यो, उनी, तिनी आदि सर्वनाम प्रयोग गरिएको हुन्छ ।
(३) नेपाली कविताको विकासक्रम
    नेपाली कविता लेखनको सुरुवात पृथ्वीनारायण शाहको नेपाल एकीकरणसँगै भएको पाइए पनि नेपाली भाषाले लेख्यरुप पाउनुभन्दा अघि प्रचलित लोकगीत, लोकगाथा, भजन, बालुन आदि नै कविताको प्रारुप थियो । लोकजीवनमा प्रचलित लोकगीत, लोकगाथा गाउने र मनोरञ्जन गर्ने प्रचलनले नेपाली कविताको विकासमा मद्दत पु-याएको हो । नेपाल एकीकरणसँगै रघुनाथ भाट, सुवानानन्द दास आदिबाट नेपाली कविता लेखन थालिएको हो । नेपाली वाङ्मयको विकास अठारौं शताब्दीदेखि हुन थालेको हो । तत्कालीन कविहरु लोकपरम्परा बाट बढी प्रभावित भएको पाइन्छ ।
    नेपाली भाषामा फेला परेको अहिलेसम्मको पुरानो कविता कवि सुवानन्द दासको ‘पृथ्वीनारायण’ हो । वीरगाथामा आधरित यो कविता वि.सं. १८२५ तिर रचना गरिएको मानिन्छ । सुवानन्द दासबाट थालिएको नेपाली कविताको विकासक्रमलाईबिद्धान हरुले मुख्यतः तीन कालमा विभाजन गरेका छन् ।
१.       प्राथमिक काल – वि.सं. १८२५ देखि १९४० सम्म
  • पूर्वार्ध (सुरुदेखि १८७१ सम्म) – वीर धारा
  • उत्तरार्ध (१८७२ देखि १९४० सम्म) – भक्ति धारा
२.       माध्यमिक काल – वि.सं. १९४१ देखि १९७४ सम्म
  • पूर्वार्ध (१९४१ देखि १९७४ सम्म) – शृङ्गारिक धारा
  • pQ/fw{ (१९७५ देखि १९९१ सम्म) – शास्त्रीयतावादी-परिष्कारवादी धारा
     ३. आधुनिक काल – वि.सं. १९७५ देखि हालसम्म
  • स्वच्छन्दतावादी धारा (१९९१ देखि २०१६)
  • प्रयोगवादी धारा (२०१७ देखि २०३५)
  • समसामयिक धारा (२०३६ देखि यता)
१. प्राथमिक काल
    नेपाली कविताको प्राथमिक काल पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान सँगै थालिएको हो । पृथ्वीनारायण शाहले देखाएको वीरताको गुणगान गाउँदै कवि सुवानन्द दासले लेखेको ‘पृथ्वीनारायण’ कविता नै नेपालीमा लेखिएको पहिलोकविता हुन पुग्यो भने शक्तिवल्लभ अज्र्याल, उदयानन्द अज्र्याल आदिले पनि सुवानन्द दासकै प्रवृति  लाई पछ्याए । प्राथमिक काल मोतीराम भट्टको उदय हुनुपूर्वसम्म विस्तारित रहेको पाइन्छ । यस कालमा सुन्दरानन्द बाँडा, राधावल्लभ अज्र्याल, गुमानी पन्त, वीरशाली पन्त, वसन्त शर्मा, हीनव्याकरणी विद्यापति, रघुनाथ पोख्रेल, रामभद्र पाध्या, भानुभक्त आचार्य, पतञ्जली गुज्रयाल  आदि कविहरुको उदय भएको पाइन्छ । प्राथमिक काललाई पनि दुई भागमा वर्गीकरण गर्न सकिन्छ ।
    (क) वीरधारा काल
    (ख) भक्तिधारा काल
(क) वीरधारा काल (वि.सं.१८२५–१८७१)
    नेपाली कविताको इतिहासको आरम्भमा वीरतापूर्ण भाव भएका वीर रसयुक्त कविता लेखिए । तत्कालीन परिवेशको प्रभाव नै यसको कारण थियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान चलाएको समयमा त्यस कार्यमा भाग लिने सैन्यहरुको आत्मबल बढाउन एवं पृथ्वीनारायण शाहको प्रशंसा गरी केही प्राप्त गर्न पनि तत्कालीन कविहरुले वीर भावका कविता रचना गरेको पाइन्छ । वीरधाराकाल वि.सं. १८२५ देखि अंग्रेजसँगको सुगौली सन्धिकाल वि.सं.१८७१ सम्म रहेको छ । सुवानन्द दासको ‘पृथ्वीनारायण’ कवितासँगै आरम्भ भएको यस धाराका अन्य कवि तथा कविताहरुमा शक्तिवल्लभ अज्र्यालको ‘तनहूँ भकुण्डो’, उदयानन्दको ‘पुरानु बातको अर्जी’, अज्ञात कविको ‘साँढ्याको कवित्’, सुन्दरानन्द बाँडाको ‘त्रिरत्न सौन्दर्य गाथा’, यदुनाथ पोखरेलको ‘गोर्षा सेना वर्णन’, गुमानी पन्तको ‘धन्य गोरखाली राजा’, रामचन्द्र पाध्याको लक्ष्मी धर्म सम्वाद आदि रचनाहरु उल्लेखनीय छन् । यस धाराका कविताहरुमा युद्धको वर्णनका साथै राष्ट्रिय एकता र राष्टप्रेम झल्किएको पाइन्छ । कवितात्मक अभिव्यक्तितर्फ उन्मुख मौलिकताको स्पर्श गर्ने कोसिस यस कालका कविताका मुख्य प्रवृतिहरु हुन् । यस समयमा फुटकर कविताको साथै खण्डकाव्य र महाकाव्यकै स्तरमा कविता रचना भएको पाइन्छ ।
(ख) भक्तिधारा काल (वि.सं.१८७२–१९४०)
    पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको क्रममा वीरवन्दनाका कविताहरु लेखिए भने नेपाल अंग्रेजको युद्धपछि भएको सुगौली सन्धिबाट भक्तिधारामा आधारित कविताहरु लेखिन थाले । युद्ध र सन्धिले ल्याएको नैराश्यता र पीडाकोअभिव्यक्ति स्वरुप ईश्वर प्रति भक्तिभाव देखाउने कविता सिर्जना गर्न थालियो । धार्मिक ग्रन्थहरु जस्तै पुराण आदि कविता सिर्जनाका आधार स्रोतहरु हुन पुगे । ईश्वरको साकार र निराकार दुवै रुपको वर्णन, भाषा परिष्कारमा अभाव,लोकछन्द र शास्त्रीय छन्दमा कविता सिर्जित कविताहरु भक्तिधाराकालका कविताका विशेषताहरु हुन् ।
    भक्तिधाराकाललाई पनि तीन भागमा वर्गीकरण गर्न सकिन्छ ।
१. कृष्णभक्तिधारा
२. रामभक्तिधारा
३.निर्गुण भक्तिधारा
१. कृष्ण भक्तिधारा
    कृष्ण भक्तिधाराका कविहरुले ‘कृष्ण’लाई आधार मानेर कविताको सिर्जना गरेका छन् । श्रीकृष्णको जीवनसँग सम्बन्धित विविध पक्षलाई विषयवस्तु बनाई आफ्ना भावना व्यक्त गर्ने कविहरु यस धाराअन्तर्गत पर्दछन् । यस कालमाकृष्णभक्तिलाई कवितात्मक अभिव्यक्ति दिने कविहरु इन्दिरस, बिध्यार्ण  केशरी अज्र्याल, वसन्त शर्मा लुइटेल, वीरशाली पन्त, यदुनाथ पोखरेल, हीनव्याकरणी बिध्यापति , पतञ्जली गुज्रयाल  आदि हुन् । यस धाराका प्रमुख तथा केन्द्रीय प्रतिभा वसन्त शर्मा लुइटेल हुन् । यस धारामा इन्दिरसको गोपीको स्तुति (१८८४), बिध्यार्ण  केशरी अज्र्यालको ‘युगगीत’, वसन्त शर्मा लुइटेलको श्रीकृष्ण चरित्र (१८८२) र समुद्र लहरी (१९०१), वीरशाली पन्तको ‘विमलबोधानुभव’, यदुनाथ पोख्रयालको‘कृष्णचरित्र’, हीनव्याकरणी बिध्यापतिको ‘गीतवाणी’ (१८८८), ‘गीत गोविन्द’ (१८८८), पतञ्जली गुज्रयाल को हरिभक्तमाला,जैमिनी भारत आदि कविता कृतिहरु प्रख्यात छन् ।
२. रामभक्तिधारा
    श्रीरामको जीवनसँग सम्बन्धित विविध पक्षलाई विषयवस्तु बनाई आफ्ना भावना व्यक्त गर्ने कविहरु यस धाराअन्तर्गत पर्दछन् । रामभक्ति धाराका केन्द्रीय कविका रुपमा भानुभक्त आचार्यलाई लिइन्छ । उनले संस्कृत भाषामा लिखित‘रामायण’ को नेपाली भाषामा अनुवाद गरेका थिए । नेपाली भाषामा लेखिएको रामायण नेपालीको पहिलो महाकाव्य पनि हो । अनुवाद र मौलिकताको दोसाँधमा रहेपनि रामायणले नेपाली कविता साहित्यमा विशिष्ट स्थान राखेको छ । यसकोसाथै आचार्यका भक्तमाला (१९१०), प्रश्नोत्तर (१९१०), रामगीता (१९२५) आदि कृतिहरु छन् । यस भक्तिधाराका अर्का सशक्त कवि रघुनाथ पोख्रयाल हुन् । यिनले रचना गरेको ‘सुन्दरकाण्ड’ मा रामभक्तिको उत्कृष्ट नमूना पेश गरेका छन् ।
३. निर्गुण भक्तिधारा
    नेपाली कविताको विकास प्रक्रियामा निर्गुण भक्तिधारा पनि महत्वपूर्ण धारा हो । यो धाराको आरम्भ जोसमनी सन्तका रचनाबाट भएको हो । यो धाराका कविहरुले सामाजिक अन्धविश्वासको चर्को विरोध गरेको पाइन्छ । हिन्दू वर्णाश्रमव्यवस्थाप्रति  तीक्ष्ण प्रहारमा यस धाराका कविहरुको कलम चलेको पाइन्छ । सन्त कविहरुको मुख्य उद्देश्य जातिगत विभेद, अत्याचार, दुराचारको विरोध र मानवतावादको समर्थन गरी मुक्तिको चाहना राख्नु हो । निर्गुण भक्तिधाराकाकविहरुले अदृश्य ;Qf माथि विश्वास गर्दै ‘ब्रह्म’ वा मनलाई ईश्वरको रुप मानेका छन् । यस धाराका केन्द्रीय प्रतिभा ज्ञानदिलदास हुन् भने अन्य कविहरुमा शशिधर, अगमदिलदास, अखण्डदिलदास आदि पर्दछन् । सन्त ज्ञानदिलदासले‘उदयलहरी’(१९३४), ‘झ्याउरे’, ‘टुङ्ना भजन’ आदि कृतिहरु रचना गरेको पाइन्छ । ‘झ्याउरे भजन’ मा उनले लेखेका छन् –
यो रुम्जाटारको कोदाको पीठो निर्गुनको दाउन
धर्म र कर्म गुरुङले ग-यो छक् प-यो बाहुन ।
यस्तै शशीधरको ‘वैराग्याम्बर’, अगमदिलदासको ‘सोह्र निर्गुण कविता’, अखण्डदिलदासको ‘पाँच निर्गुण भजन’ आदि यस धाराका अन्य रचनाहरु हुन् ।
नेपाली कविताको प्राथमिक कालका प्रमुख विशेषता
– लेख्य कविताको प्रारम्भिक प्रयास लेख्य युगको थालनी,
-वीर र भक्ति रसका कविताहरुको रचना
-तत्कालीन शासकका वीरताको स्तुति,
-संस्कृत साहित्यलाई मूल आधार मानेर नेपालीमा कविता सिर्जना,
-पुराण, धर्मशास्त्र, पूर्वीय दर्शनलाई आधार बनाई पर्याप्त अनुवाद र रुपान्तरण,
-अनुवाद रुपान्तरणका माझबाट मौलिकतातिर उन्मुख
-ईश्वरका साकार र निराकार रुपको कवितात्मक वर्णन,
-सचेतताका साथ साहित्यिक वातावरण निर्माण नहुँदा नहुँदै पनि कविता लेखन,
-वीरता र भक्तिका गाथा गाउँदै विशिष्ट काव्य शैलीको निर्माण गर्नेतिर प्रवृत  ,
-लोकलय र शास्त्रीय छन्दको प्रयोग,
-हिन्दी, ब्रज, मैथिली मिश्रित टुटेफुटेको नेपाली भाषाको प्रयोग ।
२. माध्यमिक काल
    नेपाली कविताको इतिहासमा माध्यमिक कालको थालनी वि.सं. १९४१ मा मोतीराम भट्टको आगमनसँगै भएको मानिन्छ । नेपाली कविताको प्राथमिक काल लाई लेखोटको काल भनिन्छ भने माध्यमिक काललाई छापाखानाको युगको रुपमा चिनिन्छ । वि.सं.१९४१ मा मोतीराम भट्टले भानुभक्त आचार्य द्धारा लिखित रामायणको ‘सुन्दरकाण्ड’ छपाएपछि नेपाली कविताको मुद्रण युग आरम्भ भएको हो । मोतीराम भट्टले सुरुमा भारतेन्दु हरिश्चन्द्रबाट प्रभावित भएर मोतीमण्डलीको गठन गरी नेपाली कवितामा श्रृङ्गारिक कविता र समस्यापूर्ति लेख्ने कार्यमा आकृष्ट भएका हुन् । यस कालमा श्रृङ्गारिक कविता रचिएको पाइन्छ । नेपालको इतिहासमा तत्कालीन शासक  वर्ग  भोगविलासी भएकाले उनीहरुको मनोरञ्जन र सुखका लागि श्रृङ्गारिक कविताहरु लेखिए ।
    समस्या पूर्ति, जीवनी लेखन, पत्रपत्रिका सञ्चालन गरी गीत र गजल लेखनक्रमको थालनीका साथै अरुलाई प्रोत्साहित गर्ने मोतीरामको योगदान उल्लेखनीय रह्यो । उनको पिकदूत, कमल–भ्रमर संवाद, भ्रमर गीत आदि प्रमुख छन् । यसकालमा अनुवादभन्दा बढी मौलिक कविताहरु रचनातर्फ कविहरु प्रेरित भएको पाइन्छ । माध्यमिक कालको अवधि वि.सं.१९४१ देखि वि.सं.१९७४ रहेको पाइन्छ ।
    माध्यमिक काललाई वि.सं. १९४१ देखि वि.सं.१९६० सम्मको अवधि लाई पूर्वार्ध र वि.सं. १९६१ देखि १९७४ सम्मको अवधिलाई उत्तरार्ध कालको रुपमा वर्गीकरण गरिन्छ । पूर्वार्ध कालमा मोतीराम भट्ट र उत्तरार्ध कालमा शम्भूप्रसाद ढुङ्गेल प्रमुख व्यक्तिको रुपमा चिनिन्छन् । शम्भूप्रसाद ढुङ्गेल पनि श्रृङ्गारिक कविकै रुपमा कहलिए । उनको ‘शंभोजनमाला’ र‘वेश्यावर्णन’ जस्ता श्रृङ्गारिक रचना प्राप्त छन् । यस कालका अर्का प्रतिभा लक्ष्मीदत्त पन्त हुन् । यिनले पत्रपत्रिकामा कविता, गजल आदि प्रकाशन गरेको पाइन्छ ।
    यस्तै माध्यमिक कालका अन्य कविहरु गोपीनाथ लोहनीको ‘संगीतचन्द्रोदय’, ‘गफाष्टक’, तेजबहादुर रानाको ‘श्लोकसंग्रह’,आदि कृतिहरु उल्लेख्य छन् । यस कालका अन्य प्रतिभाहरु नरदेव पाण्डे, तीर्थराज पाण्डे उल्लेख्य मानिन्छन् । त्यसबाहेकशिखरनाथ सुवेदी, लक्ष्मीदत्त पन्त, पहलमानसिंह स्वाँर, केदारनाथ खतिवडा, कृष्णप्रसाद रेग्मी, शम्भूप्रसाद ढुङ्गेल  आदिले माध्यमिक कालीन कवितालाई उर्वर पारेको पाइन्छ ।
    यसरी माध्यमिक कालमा श्रृङ्गारिक धाराकै बाहुल्य रहेको पाइन्छ । यसका केन्द्रीय व्यक्ति मोतीराम भट्टले कविमण्डलीकै गठन गरेर कविताको विकासमा मद्दत पु-याएका छन् । जीवनी लेखन, समालोचना गर्ने प्रक्रिया, समस्या पूर्तिमा आधारित कविता लेखन आदि यही कालमा थालनी भएको पाइन्छ ।
नेपाली कविताको माध्यमिक कालका प्रमुख विशेषताहरु
– सामूहिक रुपमा कविता लेख्ने कार्यको थालनी
– संस्कृतबाट अनुवाद गर्ने कार्यको निरन्तरता,
– मुख्य रुपमा श्रृङ्गारिक भाव र गौण रुपमा नैतिक, औपदेशिक तथा भक्तिभाव रहेको,
– वर्णनात्मकताको आधिक्य,
– तुकबन्दी, शाब्दिक आवृति तथा अन्त्यानुप्रासमा बढी जोड,
– परिष्कारतर्फ सामान्य चेष्टा,
– संस्कृत, हिन्दी, उर्दू, फारसी आदि मिश्रित भाषाको प्रयोग बाहुल्य,
– आंशिक रुपमा देशप्रेम र जातीय गौरव गान एवं ईश्वर भक्ति,
– पारस्परिक, व्यक्तिगत, जातिगत आलोचना, प्रशंसा र गुणगान,
–  कवितात्मक अभिव्यक्तिमा सामूहिक सहभागिता,
– युगीन परिवेशको व्यङ्ग्यात्मक प्रस्तुतिमा रुचि ।
३. आधुनिक काल – वि.सं. १९७५ देखि हालसम्म
नेपाली कविताको आधुनिक काल (१९९१ देखि यता)
१९९१ सालमा थालिएको स्वच्छन्दतावादी धारादेखि नेपाली कवितामा आधुनिक काल प्रारम्भ भएको हो । तत्कालीन नेपाली कविहरू लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र आदिले कवितामा भाव,विषय, छन्द आदिमा पुरानो परम्परा भत्काएर नवीनताको बीजारोपण गरेपछि नेपाली कवितामा आधुनिकता थालिन्छ । देश, काल र परिवेशको सापेक्षतामा पश्चिमीजगतको मध्यकालीन प्रवृत्ति स्वच्छन्दतावाद नेपालीमा आधुनिक प्रवृति भएर देखापरेको छ । यो पूर्ववर्ती शास्त्रीयतावाद वा परिष्कारवादको कठोर बन्धनका विरुद्धमा आएको विद्रोहात्मक काव्य प्रवृतिहो । यस कालमा लेखकीय आत्मचेत र नवीनतम शैलीको प्रयोग आधुनिकताको खास अभिलक्षण भएर देखापरेको छ । नेपाली कवितामा परम्परित शास्त्रीयताको विरोध गर्दै थालिएको आधुनिकतामा लेखकीय आत्मचेतना, शैलीशिल्पगत परिवर्तन, नवीन मूल्यमान्यताको वरण, विद्रोही–क्रान्तिकारी स्वरका साथै युगीनता, नवीन सौन्दर्य चेतना, तार्किकता,वैज्ञानिक दृष्टिकोणको प्रस्तुति आदि प्रवृति देखापर्छन् । नेपाली कवितामा देवकोटा आदि कविहरूको आगमनपछि १९९१ देखि न्यूनाधिक रूपमा थालिएर क्रमशः विस्तारित हुँदै गएको आधुनिकताले २००७/२००८ सालपछि स्पष्ट स्वरूप प्राप्त गर्दै गई २०१७ सालमा पुग्दा परिपक्वता प्राप्त गरेको देखिन्छ ।
नेपाली कविताको आधुनिक कालीन समयावधिलाई प्रवृतिगत आधारमा निम्नलिखित तीन चरणमा विभाजन गरिन्छ
(१) स्वच्छन्दतावादी धारा (१९९१–२०१६)
१९९१ देखि थालिएको नेपाली कविताको स्वच्छन्दतावादी धाराअन्तर्गत रही थुप्रै कविहरूले प्रतीकात्मक, आख्यानात्मक र नाटकीय संरचनाका प्रशस्तै कविताहरू सिर्जना गरेका छन् । देवकोटाबाट थालिएर उनीसँगै अन्त्य भएको भनिनेस्वच्छन्दतावादी कविता पछिल्लो समयमा पनि प्रशस्तै लेखिएका छन् । नेपाली कविताको स्वच्छन्दतावादी धाराअन्तर्गत रही कविता सिर्जना गरेको विवरणलाई हेर्दा नेपाली कविताको स्वच्छन्दतावादी धाराको समयावधिमा थुप्रै  कविहरूले विभिन्न थप र ढाँचाका कविता लेखी नेपाली कविताको उन्नयन र विकासमा उल्लेख्य योगदान पु-याएको देखिन्छ । यस समयका सबैजसो कविका कवितालाई हेर्दा मानवीय प्रेमप्रणय, यौवनजन्य इच्छा, आकाङ्क्षा, समानता, स्वतन्त्रता, मातृत्व,आशा–निराशा, बिछोड, मिलन, छटपटी, राष्ट्रप्रेम, प्रकृतिप्रेम आदिकै स्वच्छन्द अभिव्यक्ति पाइन्छ ।
(२) प्रयोगवादी धारा (२०१७–२०३५)
नेपाली कवितामा प्रयोगवादी धाराको थालनी २०१७ को राजनैतिक परिवर्तनपछि भएको हो । देवकोटाको अवसान र मोहन कोइरालाको आगमनसँगै थालिएको यस धाराका कविहरूले परिस्थितिजन्य कारणबाट उत्पन्न हीनता, कुण्ठा, असन्तुष्टि,उकुसमुकुस आदिलाई अमूर्त लेखनका माध्यमबाट दुरुह, क्लिष्ट, असम्प्रेषणीय ढङ्गले कवितात्मक प्रस्तुति गरेका छन् । जीवनलाई विसङ्गत, निस्सार, विशृङ्खल, शून्य, व्यर्थ ठान्ने यस धाराका कविहरूले अनेक बिम्ब, प्रतीक र मिथका साथै चेतन प्रवाह पद्धतिको प्रयोग गरी कवितालाई  दुर्बोध्य  तुल्याएका छन् । यस प्रवृति को अनुसरण गरी विभिन्न कविहरूले पनि कविता सिर्जना गरेको देखिन्छ ।
समग्रमा नेपाली कविताको प्रयोगवादी धाराको समयावधिमा लेखिएका कवितालाई हेर्दा प्रतीकात्मक र सूक्ष्म आख्यानात्मक संरचनायुक्त लामा कविताको सिर्जना, प्रतीकात्मक, अमूर्त, बौद्धिक, क्लिष्ट, दुर्बोध्य, दुरुह र जटिल अभिव्यक्ति,अतियथार्थवादी, प्रतीकवादी, अस्तित्ववादी–विसङ्गतिवादी चिन्तन, युगीन जनजीवनमा व्याप्त निस्सारता, अर्थहीनता,निराशा, सन्त्रास, संशय, कुण्ठा  आदिको चित्रण, कथ्य र शिल्पगत नवीनता विशृङ्खल अनुभूतिको विस्तार, आनुप्रासिक र गधयात्मक शिथिलता एवं शुष्कता, परम्पराभन्दा भिन्न नवीन भाषिक विन्यासजस्ता प्रवृतिको प्रबलता भेटिन्छ । यसै समयमा यीभन्दा भिन्न प्रवृतिका स्वच्छन्दतावादी भावधारामा आधारित केही कविताहरू पनि लेखिएका छन् ।
(३) समसामयिक धारा (२०३६ देखि यता)
प्रयोगवादी क्लिष्टताका कारण कविता र पाठकका बीचको सम्बन्ध प्रायः विच्छेद भएका अवस्थामा २०३० को दशकदेखि विभिन्न कविहरूले सरल र सुबोध कविता सिर्जना गर्न थाल्छन् । २०३६ सालमा भएको जनमत सङ्ग्रहको घोषणासँगै नेपाली कविता सडकमा ओर्लिन्छ र सडक कविता क्रान्तिका नामले अगाडि बढ्छ । यसरी २०३६ सालदेखि थालिएर अधावधि निरन्तर रहेको यस अवधिमा सडक कविता क्रान्ति, जनआन्दोलन कविता, गणतान्त्रिक कविता आदि विभिन्न अभियानहरू पनि देखापरेका छन् । यस अवधिमा थुप्रै नेपाली कविहरूले कविता सिर्जना गरी नेपाली कवितामा उल्लेख्य योगदान पु-याएका छन् । नेपाली कविताको समसामयिक धारा पनि प्रवृतिगत भिन्नताका आधारमा पूर्वार्ध (२०३६–२०४६) र उत्तरार्ध (२०४६ देखि यता) गरी दुई चरणमा विभाजन गर्नुपर्ने अवस्था देखापरिसकेको छ । २०४६ सालअघिका कवितामा मूलतः तत्कालीन पञ्चायती व्यवस्थाका विकृति  र विसङ्गतिको चित्रण पाइन्छ भने त्यसपछिका कवितामाप्रजातान्त्रिक व्यवस्थाभित्रका अव्यवस्था विकृति  –विसङ्गति, नेताहरूका दुष्वृतिको चित्रण, सशस्त्र सङ्घर्षको समर्थन–विरोध एवं शान्तिको कामना, गणतन्त्र प्रतिको आस्था, विश्वास–अविश्वास, खबरदारी, वर्तमान युगीन विविध क्षेत्रका यथार्थको प्रकटीकरण आदिको अभिव्यक्ति पाइन्छ । यी सबै खाले प्रवृति विभिन्न कविका कवितामा पनि फेला पर्छन् ।
नेपाली कविताको आधुनिक कालका प्रमुख विशेषताहरु
-वर्तमान युगीन विविध क्षेत्रका यथार्थको प्रकटीकरण
-वासुलभ प्रेमप्रणय, विरह, राष्ट्रप्रेम, प्रकृतिप्रेम, सुधारवादी मानवतावादी दृष्टि
 प्रगीतात्मक संरचनामा संरचित
– निम्नवर्गीय आर्थिक अभाव, दैनिक जीविकोपार्जनका समस्या, न्यूनतम आधारभूत
– देशप्रेम, मानवीयप्रेम, मानवतावादी चिन्तन, अन्याय–अत्याचार एवं यौन विकृति  र यौन शोषणको विरोध
– धार्मिक मान्यता र पितृसत्तात्मक मानसिकताको विरोध
– मानवीय प्रेमप्रणय, यौवनजन्य इच्छा, आकाङ्क्षा, समानता, स्वतन्त्रता, मातृत्व, आशा–निराशा, बिछोड, मिलन, छटपटी,राष्ट्रप्रेम, प्रकृतिप्रेम आदि कै स्वच्छन्द अभिव्यक्ति
 (४) कविताको बारेमा पूर्वीयपाश्चात्य मान्यताहरु 
साहित्यका प्रमुख चार विधा, कविता, आख्यान, नाटक र निबन्ध मध्ये कविता सबैभन्दा प्रमुख, प्रचलित र प्राचीन विधा मानिएको छ । कविता के हो ? यो किन र कसका लागि भन्ने विषयमा संस्कृत काव्य परम्परा देखि वर्तमान सम्म अनेकौं बहस चर्चा र प्रतिक्रियाहरु भएका छन् । पूर्वीय तथा पश्चिमी साहित्य साधकहरुले कविताका बारेमा आ–आफ्नै किसिमका अवधारणाहरु अघि सारेका छन् । संस्कृत साहित्यका बिद्धानहरु ले कवितालाई कविताकै रुपमा परिभाषित गरेकोनपाइए पनि कवितालाई काव्य साहित्यकै दृष्टिले हेर्ने गरेको पाइन्छ । संस्कृत साहित्यशास्त्रीहरुले कवितालाई काव्य अन्तर्गत राखी काव्यको स्वरुप वा लक्षण के कस्तो  हुने भनी आफ्ना अवधारणा प्रस्तुत गरेका छन् । संस्कृत साहित्यकाबिद्धान भरतमुनिले आफ्नो कृति नाट्यशास्त्रमा, भामहले काव्यालङ्कारमा, दण्डीले काव्यदर्शनमा र वेदव्यासले अग्निपुराणमा काव्य सम्बन्धी आ–आफ्ना अवधारणा अघि सारेका छन् । भरतमुनिबाट शुरु भएको पूर्वीय काव्य साहित्य सम्बन्धी अवधारणामा त्यस पछिका बिद्धानहरु ले पूर्ववर्ती  बिद्धानहरुका अवधरणामा खण्डन, संशोधन अथवा परिमार्जन गरी आ–आफ्ना दृष्टिकोण प्रस्तुत गर्दै आएका छन् । पाश्चात्य साहित्यका विभिन्न कवि, समालोचक एवं चिन्तकहरुले पनि प्राचीनकालदेखि नै कवितालाई विभिन्न ढङ्गले परिभाषित गरेका छन् । पश्चिमा साहित्यशास्त्रीहरुले पूर्वीयहरुले जस्तो समग्र साहित्य सन्दर्भबाट नभई कविताका मात्रै परिभाषा गर्ने र यसलाई अथ्र्याउने प्रयत्न गरेबाट पूर्वीय बिद्धानहरुकाकविता सम्बन्धी अवधारणा भन्दा पश्चिमा बिद्धानहरुका परिभाषा बढी बोधगम्य देखिन्छन् । यस सन्दर्भमा फिलिप सिड्नीले ‘‘अनुकरणको कला नै साहित्य हो’’ भनेका छन् भने प्रख्यात कवि जोन मिल्टनले ‘‘कविता कम सूक्ष्म र सुकुमार भए पनि बढी सरल, इन्द्रियग्राह्य र भावपूर्ण हुन्छ’’ भनेका छन् । त्यस्तै वीलियम वर्डसवर्थले ‘‘शान्त क्षणमा सन्चित अनुभवहरुबाट उत्पन्न मनोभावनाको स्वतःस्फूर्त प्रवाह कविता हो’’ भनेका छन् भने सेमुअल टेलर कलरिजको परिभाषामा‘‘विज्ञानजस्तो सत्यको नभएर आनन्दको अनुभूति गराउने तात्कालिक उद्देश्य भएको रचना कविता हो’’ भनेर परिभाषा गरेको पाइन्छ । नेपाली साहित्यका विराट् प्रतिभा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्यालदेखि नवोदित स्रष्टाहरुबाट समेत कविताका बारेमा आ–आफ्नै अवधारणा र परिभाषा प्रस्तुत भइरहेका छन् ।
पूर्वीय तथा पाश्चात्य साहित्यशास्त्रीहरुको परम्परागत अवधारणा भन्दा अलग हटेर मार्क्स तथा फ्रेडरिक एंगेल्सले पनि कविता तथा साहित्यका बारेमा आफ्ना पृथक् अवधारणा प्रस्तुत गरेका छन् । यी बिद्धानहरुको मतमा अन्य विधाको जस्तै कविताको पनि सामाजिक र संरचनागत चरित्र हुन्छ । मार्क्सवादी सौन्दर्यशास्त्रीय दृष्टिले कविताको चरित्र निरुपण गर्दा कवितामा केही आधारभूत तत्वहरुको उपस्थिति अनिवार्य देखिन्छ । ती आवश्यक तत्वहरुमा कविताको उद्गम स्रोत,कविताको सार, कविताको सामाजिक सम्बन्ध, यसको पक्षधरता, ऐतिहासिक क्रमवद्धता, कलात्मक बिम्वहरुको बिशिष्टता,अन्तरवस्तु तथा रुपको सम्बन्ध, समाजवादी यथार्थवादी मान्यता एवं यथार्थ र कल्पनाशीलताको प्रस्तुति हुन् । साहित्यलाई कल्पनाशीलताको फसल मात्र मान्नेहरुले कवितालाई समाजिक यथार्थ र कल्पनाशीलताको दोभान नठानी कवितालाई क्लिष्ट शाब्दिक कलाको रुपमा व्याख्यान गरेको पनि पाइन्छ । कथा वा उपन्यासको जस्तो यथार्थवादको समग्र मान्यता कवितामा प्रयोग गर्न नमिले पनि कवि बाँचेको समाज यसको यथार्थ संश्लेषण एवं प्रतिबिम्वन जस्ता कुराबाटकविता अलग हुन सक्दैन । कवितामा पनि विचार हुन्छ । कविता व्यक्तिगत भावावेग द्धारा अभिप्रेरित भइ रचना गरिए पनि यो समाज निरपेक्ष हुन सक्दैन । कवितामा व्यक्तिका रागात्मक भावहरुलाई सामाजिक रङ्गमा रङ्गाएर व्यक्तगरिएको हुन्छ । त्यसैले कविता वर्गीय हुन्छ भन्ने अवधारणा मार्क्सवादी सौन्दर्यशास्त्रीहरुको रही आएको छ । कविताको परिभाषा शीर्षकभित्रका पाँचवटा उपशीर्षकहरूमा कविताको परिचय र संस्कृत साहित्य, पश्चिमी साहित्य एवं नेपाली साहित्यका प्रमुख कवितासम्बन्धी परिभाषाको उल्लेख गर्दै निष्कर्षसमेत प्रस्तुत गरिएको छ । पूर्वीय–पाश्चात्य कवितासम्बन्धी परिभाषामा पनि पूर्ववर्ती अध्ययन–विश्लेषणभन्दा भिन्न रूपमा प्रतिनिधि परिभाषाहरूको चयन गरीव्यवस्थित रूपमा सङ्गठित गरिएको छ र ती परिभाषाहरूको संस्कृत एवं अङ्ग्रेजीको मूलपाठ पनि समावेश गरिएको छ । जसले गर्दा पाठकहरूलाई तिनको तुलनात्मक अध्ययन गर्न सजिलो हुने देखिन्छ । नेपालीका प्रमुख कविता परिभाषाहरूको उल्लेख गरी निष्कर्षमा आफ्नै किसिमले कवितालाई परिभाषित गरेर चारवटा बुँदाहरूमा आबद्ध गरी ती बुँदाहरूको व्याख्याद्धारा त्यसलाई पुष्टि गरिएको छ ।
कविताको परम्परित वर्गीकरण मूलशीर्षकभित्रका तीनवटा उपशीर्षकहरूमा पूर्वीय र पश्चिमी साहित्यका कवितसम्बन्धी वर्गीकरणलाई व्यापक रूपमा प्रस्तुत गरी निष्कर्ष दिइएको छ । कविताको आधुनिक वर्गीकरणमा भने मुख्यतः कविताका प्रतिकात्मक, आख्यानात्मक र नाटकीय संरचनाका आधारमा प्रतिकात्मक कविता, आख्यानात्मक कविता र नाटकीय कविता गरी तीन किसिमले वर्गीकरण गरेर तिनका विभेदक अभिलक्षणहरूलाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ । त्यस्तै कविताको संरचनाको पहिचान शीर्षकभित्रका उपशीर्षकहरूमा संरचना र कविता संरचनाको परिचय प्रस्तुत गरी संरचनात्मक विन्यासक्रमलाई प्रस्तुत गरिएको छ । कविताको विन्यासक्रमको नयाँ अवधारणा यस कृतिको विशेष उल्लेखनीय पक्ष हो ।
कविताका संरचक घटकहरू शीर्षकभित्रका विभिन्न उपशीर्षकहरूमा कविताका लघुसंरचक घटक वा तत्वहरूको उल्लेख गरेर तिनको व्याख्यासमेत गरिएको छ । कविताका संरचक तत्व वा घटकहरूका बारेमा विविधताका कारण सचेत पाठकहरूसमेत अलमलिने गरेका सन्दर्भमा कविताका वस्तु, सहभागी, परिवेश, उद्देश्य, दृष्टिबिन्दु र भाषाशैली विन्यास गरी छवटा मूल संरचक घटक मानेर तीअन्तर्गतका विविध तत्वहरूको व्याख्या गरिएको छ । कविताको सैद्धान्तिक निरूपणका दृष्टिले मानक, व्यवस्थित, समग्र र वस्तुगत किसिमको अध्ययन–विश्लेषण यस ग्रन्थमा मात्र पाइन्छ भन्नु अत्युक्ति हुँदैन ।
(५)  कविताको विधागत स्वरुप तथा आयम
कविताको साहित्यको लयात्मक वैशिष्टय गध र पधको सीमान्तको नजिक नजिकको मुक्त लयलाई समेत समेट्ने एक विधागत भेद हो । वैदिक संस्कृत कविता, वैदिक र संस्कृत साहित्यको सन्धिकालका बाल्मीकीय रामायण एवं व्यासकृत महाभारत (आर्ष महाकाव्य) र पाश्चात्य (ग्रीसेली) आदि कवि होमरका दुई महाकाव्यका सापेक्षतामा कविता विधाको कम्तीमा तीन हजार वर्ष पुरानो परम्परा फेला पर्छ । चिन्ह वा सङ्केत र लिपि परम्पराबाट भाषा स्वरुपको विकास हुँदै आएपछि लेख्य रुपमा कविता सृजना भएको भेटिन्छ । त्यस्तै कविताको लघुत्वम रुप र लघु (फुटकर कविता) श्रेणीदेखि लिएर मध्यम श्रेणी खण्डकाव्य हुदैँ महाकाव्यका वृहत र वृहतम श्रेणी कलात्मक वा ललित महाकाव्य र विकासशिल महाकाव्य सम्मको विधागत स्वरुप भेटिन्छ भने विधागत विकासका परिप्रेक्षमा आधुनिक युगको व्यस्त सभ्यताले थिचिएर फुटकर कविता बाहेक अन्य आयाम वा श्रेणी चाहिँ क्रमशः हासोन्मुख रहेको पाइन्छ ।
दृश्य÷श्रव्य मध्ये श्रव्य अन्तर्गत पर्ने ललितकलाका विभिन्न विधामा भाषाकै माध्यमले अभिव्यक्त हुने विधा साहित्य हो अनि साहित्यकै विविध उपविधा मध्येको एक उपविधा कविता हो । अभिव्यक्तिका माध्यममा देखापर्ने छन्द, अलङ्गार र शैलीमा कविताको सिङ्गो स्वरुप (मुक्तक देखि महाकाव्यसम्मको) अलगिन्छ भने भावगत विस्तारमा आख्यानात्मक स्वरुप तन्काइको विन्दु अगावैको अवस्था चाहिँ कविता उपविधा अन्तर्गतको अवस्था हो ।
आयामका दृष्टिले विश्व कवितात्मक स्वरुपतिर दृष्टि दिदा पूर्वीय काव्यपरम्परा र पाश्चात्य काव्य परम्परामा निकै भिन्नताहरु भेटिन्छन् । पूर्वीय संस्कृत काव्य परम्परामा बैद्धिक  कालदेखि नै द्धिपद्धी, त्रिपद्धी, चतुष्पदी जस्ता कविताका मसिना स्वरुप (जसलाई हामी लधुQम र लघुरुपको संज्ञा दिन्छौ) भेट्न सकिन्छ । यही क्रम अगाडि बढ्दै आउँदा कुनै कालखण्ड विशेषमा संस्कृत परम्परामै पनि यसको स्वरुपमा एउटै रुप देखा पर्दछ । अर्थात् लौकिक संस्कृतपरम्परा शुरु हुनासाथ कविताको चतुष्पदी स्वरुप मात्र देखा परेको पाइन्छ । यस बिचमा पनि ध्वनिवादी आचार्य आनन्दबर्धंन  र अभिनव गुप्तले प्रतिवादन गरेका विचार अनुसार – मुक्तकदेखि कुलकसम्मका पाँच, खण्डकाव्य, कलात्मक – विकासशिल गरी दुई महाकाव्यसम्म तथा तारवली र रत्नावली दुई गरी जम्मा दश श्रेणी देखिन्छन् । यसमा चाहिँ मुक्तक देखि कुलकसम्म तथा तारावली र रत्नावली समेत गरी नौ श्लोकसम्मकालाई फुटकर कविता अन्तर्गत र पर्यायवन्ध देखि सर्गबन्ध सम्मका संस्कृत परम्पराका सम्पूर्ण कविता–आयामलाई मोटामोटी मुक्तक, फुटकर, खण्डकाव्य र महाकाव्य (ललित र आर्ष महाकाव्य समेत) गरी चार वर्गमा समेट्न सकिन्छ ।
एक हिसावले झिना÷मसिना विश्लेषणलाई बिर्सने हो भने पूर्वीय काव्यजगतको भन्दा पाश्चात्य जगतको आयाम वर्गीकरण नै अधिकारिक देखिन्छ र पूर्वीय वर्गीकरणलाई पनि लघु मझौला र वृहत्का रुपमा राख्दा ठीकै ठहर्छ । लघु अन्तर्गत मुक्तक देखि लामा तर खण्डकाव्यको आकार ग्रहण गर्नु अघिका कवितात्मक स्वरुपलाई लिन सकिन्छ । मझौला अन्तर्गत ललित महाकाव्यको स्वरुप ग्रहण गर्नु अघिका खण्डकाव्यसम्मका कवितात्मक सीमालाई लिन सकिन्छ । वृहतअन्तर्गत आख्यानात्मक स्व्रुप ग्रहण गरेर जीवनका जन्मदेखि मृत्युपर्यन्तका सम्पूर्ण घटनाचक्र र त्यसअन्तर्गत पर्ने जगतका घटना परिवेश लगायतका परिदृश्यलाई आत्मसात् गर्न सक्ने महाकाव्यका दुवै रुप ललित र आर्षमहाकाव्य देखापर्दछन् । खण्डकाव्यका स्वरुपमा चाहिँ पूर्ण आख्यान समाविष्ट भएको पनि हुन सक्छ र चूर्ण आख्यान मात्र पनि हुन  सक्तछ । यो चूर्ण आख्यानको समाविष्टि चाहिँ लामा कवितामै भई सक्ने भएकाले र चूर्ण आख्यानलाई  नै खण्डकाव्य अन्तर्गत राख्ने मान्यता प्रतिस्थापित गर्ने हो भने लामा कविताको विभाजन अनावश्यक ठहर्छ । पश्चिमी साहित्य जगतमा भने कविताका मूलतः दुई रुप –फुटकर र वृहत् मात्र देखापरेका पाइन्छन् । यसै सन्दर्भमा नेपाली कवितालाई नियाल्दा प्रस्तुतिकरण , संरचना र आयामका दृष्टिले लघु, मध्यम र वृहत् ने सर्वस्वीकार्य  देखिन्छन् । कसैकसैले भने यिनै तीन भेद्अन्तर्गतका “लघु” र “लघुQम” र वृहतलाई गरी पाँच भेदतिर सङ्केत गरेको पनि भेटिन्छ ।यस अन्तर्गत लघुQममा एकश्लोकी देखि लिएर दश, बा¥ह पङ्क्ति सम्मका चोखा भाव मात्र भएका अर्थात् आख्यानात्मक चुर्णाशसमेत नभएका मुक्तक कविताहरु पर्दछन् । वृहत्तर अन्तर्गत चाहिँ विकासशिल महाकाव्यसम्म आउँछिन् । वास्तवमा विकासशिल महाकाव्यको सैद्धान्तिक मापदण्ड वर्गीकृत भए पनि महाभारत बाहेकका विशुद्ध मौलिक महाकाव्यको लेखन चाहिँ नेपाली साहित्यमा भएको भेटिन्न ।
            यसरी पूर्वीय÷पश्चिमी÷नेपालीसमेत कविता स्वरुपका आधारको चर्चा परिचर्चा पछि हामी निम्न बुँदामा वर्गीकरण गरेर हेन सक्छौँ ।
१) लघुत्तम रुप  –  मुक्तक (चारदेखि दश बा¥य पङ्क्तिसम्मका कविता)
२) लघुरुप –(फुटकर कविता (Short Poem)
३) मझौलारुप – (खण्डकाव्य (Long Narrative Poem)
४) वृहत्त रुप – ललित महाकव्य (Epic of ��rt)
५) वृहत्तर रुप – विकासशील महाकव्य (Epic of  Growth)
             अहिलेसम्म पनि संसा/कै जेठो विधाका रुपमा कविता विधालाई लिइन्छ । भाषा, भाव, लय, सङ्गीत– चेतना लगायत बाह्यान्तरिक दुवै संरचनाका दृष्टिले अत्यन्त सुसङ्गठित हुने र छोटो समयमै सिर्जना गर्न सकिने अनि छोटै समयमा मनोवञ्छित खुराक पनि भावकले चाहेअनुसार नै स्वाट्ट दिन सक्ने क्षमतावाहक विधा भएकोले पनि यो सम्पन्न एवं दीर्घजीवि भएको हुन सक्छ । अर्को अर्थमा भन्नु पर्दा सानो र सरल आकार – आकृतिमा अपेक्षाकृत सम्पूर्णताको वोधसमेत गराउन सक्ने भएकोले पनि यसको मूल्य –  मान्यता दिनानुदिन बढ्दोछ । अझ भौतिक सुखस्वादका आस्वादनतिर  एकछत्र  एकोन्मुख हुँदै गएको समाज र प्राप्तिका वैज्ञानिक जटिलताभित्र जेलँदै गरेको विश्वमा तपस्यामग्न तपस्वी वाहेकका मानिसलाई लामालामा आकारका – खण्डकाव्य, ललित आर्षजस्ता महाकाव्य अध्ययनको समयाभावले पनि कविताको महत्वबृद्धिमा थप योगदान पु¥याएको छ । यो जटिलता घट्ने सम्भावना जसरी छैन त्यसैगरी कविताको अवमूल्यन भई अर्कोविधा ह्वान अगाडि जाने सम्भावना पनि नभएकोले यसको वर्तमान समुज्वल छ, सुदूर भविष्य पनि समुज्वल भएकामा विद्धानहरु एकमत देखिन्छन् । यसको आयामिक स्वरुपलाई वृक्षात्मक चित्रमा यसरी पनि देखाउन सकिन्छ –
            कविता विधाको आफ्नै मोटामोटी बाह्य–आन्तरिक ढाँचा वा रुप संरचना हुन्छ र यसका  मुक्तकदेखि आर्ष वा विकासशील महाकाव्यसम्मका उपविधाका आफ्ना खास स्वरुप संरचना तथा कतिपय वैकल्पिक सम्भावनासमेत हुने गर्दछन् । कविता उपविधाको उप–उपविधा लघुत्तम रुप आकारका दृष्टिले सानो भएपनि अन्तर कवितात्मक तत्व सुसङ्गठनका दृष्टिले अत्यन्त कसिलो हुन्छ । स्वाट्ट एक पलमै भन्न सकिने, चस्स हृदय छुने र आहा ! को अन्तध्र्वनि अपर्झट मुखबाट उच्चारण गराउन सक्ने क्षमतावान भएकोले यो बिध्यातुतरङ्ग सञ्चरणझैँ भावकमा सम्प्रेष्य हुन्छ , यस अन्तर्गत – मुक्तक वा टुक्रा, गीत, गजल, लोकसूक्ति, उखान टुक्का समेतलाई राख्न सकिन्छ ।
(६) नेपाली कविता सहित्यमा गध कविताको सर्वेक्षण
            एघारौँ शताब्दीबाट विकसित हुन लागेको नेपाली भाषाले अठारौँ शताब्दीसम्म खास साहित्यिक अभिव्यक्ति पाउन सकेन । राष्ट्र निर्माता वडामहाराजाधिराज पृथ्वीनारायणशाहको एकीकरण अभियानसँगै नेपाली भाषाले साहित्यिक यात्रा आरम्भ ग¥यो । पृथ्वीनारायण शाहकै समकालीन मानिएका सुवानन्ददासले उनकै युद्ध–अभियानको साहसिक यात्रालाई वर्णन गरेर कविता लेखे । यसैलाई नेपाली कविता साहित्यको पहिलो कविता मानिएको कुरा माथि नै उल्लेख भइसकेको छ । यो कविता छन्दमा लेखिएको छ भन्ने टिप्पणी गरिए पनि वास्तवमा मुक्तलय निकटस्थको अवीथा पनि यसमा भेट्न सकिन्छ । उदाहरणको लागि तलका पङक्तिहरु हेरौँ  –
            आफु ति नेवा¥या जाति, बोल्छ ता ललितपारि
            आफु ता मजमुकुट, तंरो ता वलियो मुटु –
            नाम रह्या गजानन धरम तपरे तरा भरले ते)
            बगर छुट्यो ताँति ककनिको लायो साँधि ।
            यसभन्दा निकै अगाडि गएर हेर्ने हो भने पिङ्गल छन्दसूत्रमा वैद्धिक र लौकिक छन्दको व्यापक चर्चा परिचर्चा पाइए पनि संस्कृतका आचार्यहरुले “गध कवीनां निकषं वदन्ति” भन्दै गध कविताको सर्वोच्चतालाई सहज रुपमा अङ्गीकार गरेको भेटिन्छ । आधुनिक गध कवितामा पाइने उन्मक्त गधलयको मिठास र अन्तः साङ्गीतिक श्रुति सुमधुरता सुवानन्ददासको माथिको कवितामा पनि पाउन सकिन्छ । यति भएर पनि यसलाई कसैले पनि प्रथम गध कविता वागध कविताको सङ्केतक सम्म भनेको भेटिदैंन ।
            पहिले गध कविका रुपमा नेपाली साहित्यका इतिहासकारहरु मध्ये डा. तारानाथ शर्माले गोपाल प्रसाद रिमाललाई लिएको भेटिन्छ । यसमा तारानाथ शर्माले वि.सं. १९९२ साल फागुन १६ गतेको गोरखापत्रमा प्रकाशित रिमालको “कविको गान” कवितालाई ठोकुवाका साथ देखाएका छन् । यहाँनेर निकै विवादास्पद स्थिति देखापर्छ । यस अघि पनि यस किसिमका गध कवितात्मक लेखनका प्रयासहरु प्रशस्त भएका पाइन्छन् । वि.सं. १९८६ सालमा प्रकाशित बालकृष्ण समको आधुनिक नेपाली नाट्य साहित्यको पहिलो कृति “मुटुको व्यथा” अनुष्टुप छन्दमा लेखिएको  भएपनि यसमा प्रयोग भएक गधत्मक  कथनहरु कवितात्मक छन् । यसपछि वि.सं. १९९२ साल जेठ महिनाको “शारदा” पत्रिकामा बालकृष्ण समकै “त्यो” शीर्षक तीनहरफे कविता प्रकाशित भएको छ । यस कवितामा पनि गध कविताको सुन्दर स्वरुप भेट्न सकिन्छ । जस्तै  –
            पवित्र आँसु त्यो हो जो आँसुको निम्ति रुन्छ
            पवित्र हाँसो त्यो हो जो हँसाइको निम्ति हाँछ
            पवित्र प्रेम त्यो हो जो प्रेमलाई प्रेम गर्छ ।
            यी हरफमा भाषिक सुन्दरताका स्वरुप त छँदैछन्, छन्दका दृष्टिले पनि पहिला चरण अनुष्टुप छन्दकै अनुकुल छन् भने पछिल्ला चरणमा छन्दका कुनै नियमको पालना गरिएको छैन । यसर्थ पनि पूर्वाभ्यासहरु गध कविता–लेखनमा रिमालभन्दा अगाडि नै भएका प्रमाणित हुन्छन् । बालकृष्ण समकै वि.सं. १९९२ साल असार महिनाको “शारदा” मा प्रकाशित अर्को कविता “फुटेको फूलदान” ले पनि यसै कुराको थप पुष्टि गर्दछ ।
            जस्तै  –
                        उफ ! ………….. फूलदान न अडी आधारमा हातको
                        चिप्ली ………….. जमीनमा ………. फुट्यो बज्रेर………
                        पानी पनि पोखियो ………फूल साथै ………………
                        चूर चूर ………………………. गयो ! ।।
यी पङक्तिहरुमा कवि बालकृष्ण सम परम्परागत छन्दको बन्धन प्रतिको वितृष्णा देखाइरहेका छन् । केही छन्द मिलानप्रतिकै मोहपनि झल्काइरहेका छन् । शून्य, शून्यको प्रयोगले विना छन्द पनि कविता हुन्छ, लेख्नुपर्छ भन्ने आग्रह राखेकै पाइन्छ भने शब्द छनोट गरिए जति ठाउँमा चाहिँ छन्दकै मिलान देखिन्छ र चार पङ्क्तिको एकश्लोक बनाउने एवं अन्तमा दुईवटा पूर्णविरामका धर्सा तान्ने रहर पनि सममा भएकै पाइन्छ । शार्दूलविक्रीडित जस्तो वर्णमात्रिक छन्दमा लेखिएको कवितामा पनि त्यसै बेला यति ठूलो लापर्वाहीको हिम्मत निकाल्न सक्नुले समको गध –कविता लेखनप्रतिको आकर्षण र छन्द–कविता–लेखनप्रतिको विकर्षण स्पष्टत देखा पर्दछ ।
            रिमालको प्रथम गध कविता भनिने “कवि र कविकोगान” प्रकाशित हुनु अगावै वि.सं. १९९२ सालको वैशाख महिनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको “प्रति” शीर्षक छोटो कविता प्रकाशित भइसकेको छ । यसको नमूना हेरौँ  –
प्रेम लिप्सँदो रहेछ)
त्यसैले भन्छु जीवलाई सोध जीवन के हो
भक्तलाई सोध भगवान के हो
प्रेम त्यै हो
नेपाली समालोचनाका विद्धानहरुले यसलाई कवित्व चेतको कमी र दार्शनिक विचारको व्यापकताले गर्दा प्रथम गध कवितै भन्न चाहिँ चाहेका छैनन् । तापनि गध –कविता लेखनको राम्रो प्रारुपचाहिँ देवकोटाको “प्रति” कवितालाई नै मान्नेहरु पनि देखिन्छन् । केशवप्रसाद उपाध्यायले त देवकोटालाई ग गधमय कवित्वका आदि स्रष्टा र रिमाललाई ग गधकविताका प्रवर्तकका रुपमा लिइएको पाइन्छ ।
ओडारसित सोधें – “मान्छे कहाँ छ” ओडार
ओडारले भन्यो – “कुन्नि तलतिर ओर्लेको मात्रै म जान्दछु”
            मान्छे आफूलाई पनि नचिन्ने ! मैलाई भन्न लागें – तँ कुन
यी पङ्क्तिका पङ्क्तिकार गोपालसिंह आफै गध –कविताका विरोधी भएका र प्रस्तुत पङ्क्तिले पनि लघुकथाको मात्र सुन्दर स्वरुप प्रकट गरेको ठहरमा समालेचकहरु पुगेको पाइन्छ । हद्धयचन्द्रसिंह प्रधानले चाहिं विरोधाभाषी विचारहरु प्रकट गर्दै कतै गोपालसिंहलाई नै गध कविता लेखनका “प्रवर्तक” मानेका छन् भने कतै “गोरेटो तयार पार्ने” व्यक्ति मात्र पनि भनेका छन् । “कविको गान” कविता प्रकाशित हुनु अगावै गोपाल प्रसाद रिमालकै “प्रति” १९९२, शारदा, मार्ग–पौष) शीर्षक कविता प्रकाशित भएको छ र यो गध र गीतिलयको दोसाँधमा रहेको देखिन्छ । यी सबै विवादलाई यथास्थानमा राखेर सर्सर्ती यसपछिका गध –कविताको खाका कोर्ने प्रयास गरौँ । रिमालको चर्चित प्रथम गध कवितापछि भवानी भिक्षुको“वियोग रात्रि” १९९३ मंसिर) देखापर्दछ । यसलाई कतिपयः समालोचकहरुले दोस्रो गध कविताका रुपमा लिएको पाइन्छ । यसको लगत्तै रिमालकै अनेकौँ गध कविताहरु एकपछि अर्को गर्दै धमाधम प्रकाशित हुन लाग्दछन् – “विलौना” वि सं. १९९५ भदौ, असोज), “कुर्लिनघाट” वि.सं. १९९५ चैत), “मृत्यु” वि.सं. १९९५ असार), “प्रश्न” वि.सं. १९९९ भदौ), “आमाको सपना” वि.सं. २००० कार्तिक), जस्ता रिमालकै कविताले नेपाली गध –कवितामा ठूलो क्रान्तिकारी हलचल ल्याएको पाइन्छ । यसपछि जनार्दन समले वि.सं. २००२ सालमा “सम्झना” शीर्षक गध –कविता प्रकाशित गराएको पाइन्छ । वि.सं. २००३ सालमा चाहिं अर्को त्यस बेलासम्म पधकाव्य लेखनतिरबाटै सुविख्यात भइसकेका महाकवि लक्ष्मीप्रसाद देवकोटा “साँढे”जस्तो व्यङ्ग्यात्मक कविता प्रकाशित गराउँदै गध कविता लेखनतिर सचेत रुपमै देखापरे । देवकोटाकै अन्य कविता –“प्रभुजी ! भेँडो बनाऊ” वि.सं. २००४),” भाँचू कि मेरो कलम” वि.सं. २००४ असार), “जुनकीरी” वि.सं. २००४ साउन) जस्ता कविता प्रकाशित भएपछि यो क्षेत्र दिनानुदिन आकर्षणको केन्द्र बन्दै गयो । देवकोटा स्वच्छन्दतावादी गध कविता–लेखनको बाढी नै चलाउन लागे । फलस्वरुप यस क्षेत्रमा पनि उनकै वर्चस्व रह्यो उनले यस क्षेत्रबाट पनि युगकै प्रतिनिधित्व गर्न खोजेको पाइन्छ । स्वच्छन्दतावादी कविहरुले भावगत तीव्रता, भाषिक सहजता, विराट प्रकृतिक व्यापक चित्रण नगर सभ्यताप्रतिको तीव्र रोष, ग्रामसभ्यताप्रतिको झुकाव, सहज सौन्दर्य विधानप्रतिको अभिमुखीकरण, हार्दिक संवेधतामा जोड दिएको पाइन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले त लघुधय कविता–लेखनमा मात्र आफूलाई सीमित नगराएर“मायाविनीसर्सी” जस्तो हृदयाकर्षक खण्डकाव्यका आतिरिक्त “प्रमिथस” जस्तो सशक्त, उदात्त एवं ग्रीक पुराकथामा आधारित महाकव्य पनि स्वतन्त्र गधलयमै निर्माण गरिदिए ।
शुरुतिरदेखि नै छन्दतिरको मोह भङ्ग भएका प्रशस्त सङ्केत दिँदै कविता–लेखनका क्षेत्रमा अगाडि बढेका कवि बालकृष्ण समले “ईश्वर” वि.सं. २००४ कार्तिक) शीर्षकको सचेत रुपले मुक्तलयमा लेखिएको कविता प्रकाशित गराए । समले यो कविता प्रकाशित गराएपछि गध कविता–लेखनको स्वच्छन्दतावादी रुमानी भावधाराकै केन्द्रीयतामा परिष्कारवादी भावधाराको शुरुआत भयो । सर्वपक्ष सुन्तलनमा विश्वास गर्ने परिष्कारवादी कविहरु भावाभिव्यक्तिमा पनि चमत्कारको अपेक्ष राख्दछन् । प्राकृतिक चित्रणको स्वत स्फुर्त उच्छवलनान भन्दा तन्मयतामा विश्वस्त रहेका देखिने परिष्कारवादी कविहरु सम्भ्रान्त नागर सभ्यताप्रति बढी झुकाव राख्दछन् । समका फुट्कार ग गध–कवितादेखि महाकाव्यसम्मका स्वरुपमा यी विशेषताहरु टड्कारो रुपमा देख्न सकिन्छ । कवि समका “स्वर्ग र देवता, मेरा नुहाउने कोठा, मृत्युपछिको अभिव्यञ्जना,सोम” जस्ता गध कविता उत्कृष्टताका नमूना नै हुन् । फुटकर कवितापछि गध कविता लेखनका अभ्यासमा अगाडि बढेका कवि बालकृष्ण समले “आगो र पानी” वि.सं. २०११) जस्तो खण्डकाव्यका अतिरिक्त “चिसो चुल्हो” वि.सं. २०१५) जस्तो महाकाव्यको स्वरुप दिएर कोमलताभित्रै महिमा पण्डित बौद्धिकताको समेत प्रदर्शन गरे ।
गध कविता लेखनको विकास र विस्तारमा समयमति एवं अन्य सामूहिक कार्यहरु पनि सहायक सिद्ध भएका देखिन्छन् । वि.सं. २००४ सालमा सम्पन्न काठमाण्डौँ “वृहत् कवि सम्मेलन” पछि यस फाँटले अझ उर्वर बन्ने अन्तप्र्रेणा पाएको पाइन्छ भने वि.सं. २००७ सालको राजनैतिक क्रान्तिसँगै नेपाली साहित्यमा पनि अघोषित तर थुप्रै महत्वपूर्ण क्रान्तिकारी परिवर्तनहरु देखा पर्न लागे । साहित्यमा नयाँ शिल्प, शैली, विचार र वादहरु एकपछि अर्को गरी परीक्षणका रुपमा देखिनलागेका पाइन्छन् भने लामो समय अघि देखि वर्चस्व स्थापित गरेको छन्द वा पध कविताकै प्रतिस्पर्धी हाराहारीमा पुग्दै यसले ओजस्वी स्वअस्तिव स्थापनाका आधारशिला तयार पारेको पाइन्छ । यसपछि देखापर्ने विजय मल्ल र भूपि शेरचन जस्ता सशक्त कविहरु गध कविता लेखनकै गर्भबाट अस्तित्वका शिखर तिर आरोहित भए ।
फेरि दिशान्तर गर्दै वि.सं. २०१७ सालबाट प्रारम्भ भएको प्रयोगवादी कविता लेखनको थालनी पछि नेपाली साहित्यमा गधकविताले पूरै आफ्नो वर्चस्व स्थापित गर्नु मात्र होइन छन्द कवितालाई स्वअस्तित्व निरन्तरताकै लागि पनि युद्धारम्भ गर्नुपर्ने अवस्था सिर्जना गराएको पाइन्छ । विज्ञान र प्राविधिक विकासको उर्लदो वर्तमानबाढीले ल्याएका आशातीत परिवर्तन, मानवीय अकल्पनीय सन्त्रास, जीवनका विविधतापूर्ण जटिलता र समस्या, यसबाट उत्पन्न निराशावादी जीवन दृष्टि र अमूर्त गध लेखनलाई प्रयोगवादी कविहरुले नयाँविम्व, प्रतीक एवं रेखा र चिन्ह प्रयोगका सहारा मार्फत नयाँ नयाँ सम्भावनालाई क्षितिजहरु समुद्घाटन गर्ने प्रयास गर्दै गरेका पाइन्छन् । यस्ता कविहरुका नामोल्लेख हामीले “नेपाली कविता विकास”का क्रममै गरिसकेका छौ ।
गध कविताका विकास प्रक्रियाका बारेमा माथि परेका सामग्रीको निचोड निकाल्दै र पर्न बाँकी सामग्रीको समावेश गर्दै केही कुरा भन्नै पर्ने देखिन्छ । पूर्वाभ्यासका सङ्केतका रुपमा वैद्धिक सूक्त हुँदै सुवानन्ददासको कवितात्मक लेखनलाई लिए पनि वि.सं. १९८६ सालमा प्रकाशित बालकृष्ण समको “मुटुको व्यथा” भित्र प्रयुक्त गध लाई निकट पूर्व सङ्केतकका रुपमा चाहिँ मान्नै पर्ने हुन्छ । शायद यसै “मुटुको व्यथा” नाटकमा प्रयोग भएको प्राञ्जल गध भाषाकै आकर्षणको परिणाम हुन सक्छ वि.सं. १९९१ सालमा प्रकाशित विवाद ग्रस्त गोपाल सिंह “नेपाली” को “कल्पना” गध सङ्ग्रह पनि । यो त्रुटि स्वयं लेखक सिंहको नभई नेपाली भाषा प्रकाशिनी समितिको देखापर्दछ । यसै समितिबाट प्रकाशित “नेपाली कविता सङ्ग्रह” भाग दुईमा यस सङ्ग्रह भित्रको “भ्रान्ति” शिर्षक रचनालाई कविताका रुपमा सङ्ग्रहित गरिएको छ । यसमा प्रयोग भएको भाषा अझ सिङ्गो “कल्पना” ग्रन्थमै प्रयोग भएको भाषा त झन् मुक्तलय निकट अन्जान सङ्केतका रुपमा यसर्थ मानिन्छ कि यसका लेखक यो ग्रन्थ प्रकाशन पछि पनि गध कविताका विरोधी देखिन्छन् । यसको लगत्तैपछि वि.सं. १९९२ सालको फाल्गुण महिनामा लक्ष्मीनन्दन चालिसेको “कलमी” शीर्षक रचना प्रकाशित भएको छ । यो त अझ मुक्तलय निकट गध कविताकै रुपमा देखा पर्दछ तापनि हृदय संवेधताको अभाव भएको अनुभव गरी यसलाई कविता नै भन्न चाहिँ विद्धानहरु सहमत छैनन् । यसपछि अझ परिस्कृत तर अघोषित रुपमा देवकोटाको “प्रति” देखापर्दछ र बालकृष्ण समका अनेकन प्रयोगधर्मी कविताका साथ अघोषित रुपमै “त्यो” शीर्षक तीन हरफे कविता प्रकाशित हुन्छ भने रिमाल स्वयंको गीति– गधलय दासाँधको “प्रति” नामक कविता छापिन पुग्छ । यो विविध प्रयोग÷प्ररिक्षणकै सङ्क्रमण विन्दुमा “शारदा” पत्रिकाका सम्पादक रहेका गोपाल प्रसाद रिमाल स्व्घोषणाका साथ कविता लेखन प्रतिको आफ्नो प्रतिवद्धता प्रकट गर्न लाग्दछन् । यो प्रतिवद्धता र उद्घोषण चाहिँ समका प्रयोगधर्मी लक्षित छ । उनी “शारदा” पत्रिकाको सम्पदकीयमा लेख्छन् –
“तुक्का र लय मिलाएर बनेको वाक्यलाई मात्र कविता र त्यसको रचयितालाई कवि सम्झने भ्रम धेरैले गर्दछन् । तुक्का (अनुप्रास) र लय (छन्द) पातालका कुरा हुन् कविता आकाशको । यी दुवैको मेल भए “सुनमाथि” सुगन्धको लोकोक्ति चरितार्थ हुन्छ । कदाचित मेल भएन भने पनि सुन सुन नै हो , त्यो अर्को धातुमा गनिदैन । बरुलयमा अनुप्रासमा जो मिठास हुन्छ , त्यस मिठासलाई यत्किञ्चित कवितामा गने हुन्छ, नत्र त अरु साधारण अवस्थामा टुक्का र लयलाई हटाइएका खण्डमा जो मानव हृदयको उद्गार बाँकी रहन सक्तछ , त्यै कविता हौ ।” यसै वैचारिक घोषणाका साथ रिमाल मन, वचन, कर्म गध कविता लेखन तिर एकोन्मुख भएका र तुरुन्त परम्पराका सम्पूर्ण नियम विरुद्ध गर्दै आजको मान्यतानुकुल गध कविता “कविको गान” प्रकाशित भएकाले यिनी नै यस लेखनका प्रथम हस्ताक्षर बन्न पुगेको निष्कर्ष निक्लन्छ । अतः यस अघिको सम्पूर्ण प्रयोगलाई हामी बुँदागत रुपमा यसरी हेर्न सक्छौ ।
१) सुवानन्द हुँदै् र कवि बालकृष्ण सम अगाडि आभासहरु प्राक्पूर्व सङ्केत ।
२) कवि बालकृष्ण समको छन्दशैलीमै रहेर गरिएको विविध प्रयोगधर्मिताहरु र छन्दमात्र कविता हो भन्ने भ्रम तोड्न“शारदा” प्रत्रिकाले गरेका विविध वैचारिक घोषणाहरु पूर्व प्रयास
३) महाकवि देवकोटा र गोपालसिंह “नेपाली” का यत्नहरु सङ्क्रमणकालीन गधकविता लेखनका नवसङ्केतक ।
४) लक्ष्मीनन्दन चालिसेको प्रत्यक्षदर्शी रिमाल परम्परित चासो तर असफल निकट पूर्व प्रयास ।
५) सम्पूर्ण नवप्रयोगका प्रत्यक्षदर्शी स्वरुप वैचारिक घोषणको लगत्तै तदनुकुल “कविको गान” कविता पनि प्रकाशित हुनुले रिमाल नै प्रथम गध कविताका प्रयोक्ता “कविको गान” नै पहिलो सफल तर मध्यम स्तरको गध कविता हो ।
(७) सिर्जनात्मक लेखनमा गध कविताको छनोट
जीवन नै अत्यन्त सम्भावनको स्वयम्भू हो । जीवनका सामु देखा पर्न सक्ने सुख र दुःखका, हर्ष, र विषादका, उतार र चढावका अनि आरोह अवरोहका प्रशस्त घुम्तीहरु आइपर्दछन् । एकातिर बाहिरी सामाजिक घटना प्रतिघटनाका घातप्रतिघातले सरल रेखातिर तीव्रगामी पाइला चाल्दै गरेको जीवन अवरोधका अनकण्टार जङ्गलको बीच उभिन पुग्छ भने अर्कोतिर अन्तर आकाङ्क्षाका सुन्दर स्वप्निल सपनामा तरङ्गित हुनुपुग्छ । सामाजिक सन्दर्भबाट प्राप्त चापप्रतिचापलाई बाह्य सङ्घर्षको सहाराले व्यक्ति एउटा निश्चित टुङ्गोमा पुग्छ । यो त्यति कष्टकर अवरोधक पनि हुँदैन र यसको समाधानमा पुगेपछिको प्राप्ति पनि क्षणिक देखावटी सुखका लागि किन नहोस् – दीर्घकालीन “स्वान्तसुखाय” को सम्प्राप्ति यसबाट कहिल्यै कदापि सम्भव छैन । कसैले ठान्छन् भने ती जङ्भविता भन्दा एक इञ्च पनि माथि नपुगेका ठानिन्छन् । यो कटु सत्य हो , जीवन यात्राका नागवेलीद्धार घुम्तीहरुमा अर्को एउटा अन्तर्पक्ष छ जो मानव जीवनको असल खराब छुट्याउने मानकका रुपमा रहेको हुन्छ । यसलाई सच्चाइका साथ व्यक्त गरेर बाँच्ने जीवन नै सांसरिक व्यवहारमा निश्कलङ्क हुन्छ र अन्तर्यात्राका जीवन दृष्टिले सत्यको पनि नजिक पुगरिहेको हुन्छ । यो मानसशुद्धिको एकमात्र बाटो नै सिर्जनात्मक बाटो हो । भनिन्छ, सामान्य मानिस दश अंशमा एकांशको एषणाको पनि तुष्टि गर्न नसकी बाँचिहेको हुन्छ भने सच्चा सर्जक नवनवांश एषणाको तुष्टिमा सानदार जीवन बाँचिरहेको हुन्छ र सम्प्रेष्य सर्जक भएमा आफ्ना रचनामार्फत अन्यलाई पनि यस उचाइँमा उठाउन सक्छ । त्यस्ता सिर्जनात्मक विधा अन्तर्गत कविता, कथा, नाटक, उपन्यास आदि पर्दछन् । कविता अन्तर्गत पनि मुक्तलय अँगाली लेखिने गध कविता र बद्धलय अँगाली लेखिने छन्द कविता गरी दुई भेदका देखापर्छन् ।
(स्रोत : Gopal Siwa’s Blog)
ADD THE FACEBOOK WIDGET CODE HERE