enu 2th


     

Friday, November 13, 2015

मेरा गल्तीहरू बिर्सी

Jiwan Yatrama - मेरा भावनाहरू (Facebook Page)


मेरा गल्तीहरू बिर्सी, मेरो लास हेर्न अाउँनु,
माया लागे भने, दुइटा फूल चढाई दिनु,
पैसा कमाएर कसले, के नै कमायो र ?
ईज्जत कमाउँनेले, सबै कमायो हैन र ?
मेरा भूलहरू बिर्सी, कात्रोको रंग हेर्न अाउँनु,
बिश्वास लागे भने, पवित्र हातले छोई दिनु,
मेरा गल्तीहरू.....
जूनीमा दुश्मनी गर्नेले, के नै पायो र ?
निस्वार्थ मित्रता गाँस्नेले सबै पायो हैन र ?
मेरा रिसहरू बिर्सी, मेरो मुख हेर्न अाउँनु,
दया लागे भने, दुई थोपा अाँसु बगाइ दिनु,
मेरा गल्तीहरू.....
Onic Agyat, Kathmandu
- २०७२-०४-०१ (2015, July 17)
Jiwan Yatrama - मेरा भावनाहरु बाट
ADD THE FACEBOOK WIDGET CODE HERE