enu 2th


     

Friday, November 13, 2015

मेरो लाश

Jiwan Yatrama - मेरा भावनाहरू (Facebook Page)


सेतो कात्रोमा बेरिएको मेरो लाशलाई,
आफन्तहरूले काँधमा बोकी श्मसानमा पुर्याए !
असंख्य आकाक्षांले भरिएको अचेत मुटुलाई,
अग्निका तिखो लप्काहरूले भष्म बनाए !!
दुधमा कागतीको थोपा झरेकोले,
क्षितिज पारीबाट झर्दा सबैका चक्षु त सिन्धु भए !
पूर्णिमा औसीमा बदलिए,
शिखर चुम्ने धोको मेटिए, कमलो छाती ज्वालाले खाग भए !!
जीवनको ज्योती क्षितिजमा पुगे,
सपना छुक्रिए बादल सरी, मायाको महल भत्किए !
प्रकृति निस्तब्ध रहे, वायु वेग सुस्त भयो
अब खडेरीको बेला सर्वत्र अन्धकार भए !!
Onic Agyat, Kathmandu
- २०७२-०४-१५ (2015 July 31)
Jiwan Yatrama - मेरा भावनाहरु बाट
ADD THE FACEBOOK WIDGET CODE HERE