enu 2th


     

Friday, November 13, 2015

नयनले मात्र कति हेर्छौ

Jiwan Yatrama - मेरा भावनाहरू (Facebook Page)


नयनले मात्र कति हेर्छौ, एक चोटी स्वीकार गरेर त हेर,
साह्रो चट्टान होईन, मैन हुँ म, त्यो हातले छोएर त हेर,
बाटो मात्र कति हिन्ने, रूख मूनि छहारीमा बसेर त हेर,
सैयौ माईल हिड्ने बल पाउँछौ, बिश्वास गरेर त हेर,
भारी मात्र कति बोक्ने, शब्दका भाकाहरू सुनेर त हेर,
जिउको थकान हराउँछ, एक छिन गफ चुटेर त हेर,
धर्ती चहार्यौ, हार भएन, यता पनि प्रहार गरेर त हेर,
शेखी नगर धेरै, बैशालु जीवन, उपहार दिएर त हेर,
Onic Agyat, Kathmandu
- २०७२-४-२९ (2015, August 14)
Jiwan Yatrama - मेरा भावनाहरु बाट
ADD THE FACEBOOK WIDGET CODE HERE