enu 2th


     

Friday, November 13, 2015

तिम्रो वर्णन गर्न खोज्दा

Jiwan Yatrama - मेरा भावनाहरू (Facebook Page)


तिम्रो वर्णन गर्न खोज्दा, जिब्रो नै काटियो,
चिठ्ठीमा सन्देश लेख्न लाग्दा, औला नै काटियो,
पूर्णिमाको जून झै मुहार, जीवनको भत्तामा, सजाउन चाहेको थिएँ,
अमुल्य सुन्दरतालाई, अमरपुरको अप्सरासँग, दाँज्न खोजेको थिएँ,
तिम्रो तस्वीर कोर्न खोज्दा, हात नै काटियो,
चिठ्ठीमा सन्देश लेख्न लाग्दा, औला नै काटियो,
मृत्यु अँगाल्नु अघि, संगालेको चोखो माया, फिजाउन चाहेको थिएँ,
अर्को जन्मा, भेट्ने बाँचा गर्दै बिश्वास, जगाउन खोजेको थिएँ,
तिम्रो घरसम्म पुग्न खोज्दा, खुट्टा नै काटियो,
चिठ्ठीमा सन्देश लेख्न लाग्दा, औला नै काटियो,
Onic Agyat, Kathmandu
- २०७२-०३-२९ (2015, July 14)
Jiwan Yatrama - मेरा भावनाहरु बाट
ADD THE FACEBOOK WIDGET CODE HERE